‘यशोदा’को टिजर सार्वजनिक, गर्भवती महिलाको भूमिकामा देखिन् सामन्था « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


‘यशोदा’को टिजर सार्वजनिक, गर्भवती महिलाको भूमिकामा देखिन् सामन्था


481
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको हिन्दी थ्रिलर फिल्म ‘यशोदा’को टिजर सार्वजनिक भएको छ ।

चलचित्रमा नायिका सामन्था गर्भवती महिलाको भूमिका निभाउन लागेकी छिन् । १ मिनेटको यो टिजरमा एक्सन र थ्रिलरको संयोजन देखिएको छ । टिजरको सुरुमा एक डाक्टरले यशोदालाई आफ्नो हेरचाह गर्न सल्लाह दिन्छन् ।

तर कथामा, सामन्थाले ती सबै चीजहरू गर्नुपर्छ, जसले उनको बच्चालाई हानि पुर्‍याउँछ टिजरमा यस्ता धेरै दृश्य छन्, जसमा सामन्था एकदमै फरक शैलीमा देखिएकी छिन् ।

यशोदा एक महिला पात्रमा अधारित मुख्य कथा हो, जुन कुल ५ भारतीय भाषाहरूमा रिलिज हुनेछ (तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी)। तर, फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन ।

फिल्मलाई हरि हरिशले निर्देशन गरेका गरेका छन् भने फिल्मको निर्माता शिवलेन्का कृष्ण प्रसाद र सहनिर्माता चिन्ता गोपालकृष्ण रेड्डी हुन् । फिल्म श्रीदेवी मुभिज ब्यानरमा बन्न लागेको छ ।