Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


डेंगु बढेसँगै सिटामोलको अभाव, सरकार मौन


104
Shares

काठमाडौं । काठमाडौंलगायतका नेपालका ७७ जिल्लाका मुख्य शहरहरूमा डेंगु ज्वरोको संक्रमणसँगै सिजनल षलुका बिरामी बढेका छन् ।

बिरामीको चाप बढेकै कारण अस्पतालका आईसीयु (सघन उपचार कक्ष) पाउन निकै मुस्किल भएको छ भने ज्वरो कम गर्न प्रयोग गरिने सिटामोल औषधिसमेत आवश्यकताअनुसार पूर्ति हुन सकेको छैन ।

बिरामीको संख्या वृद्धि भएर औषधि खपत धेरै भएको अवस्थामा औषधि उत्पादनमा भने वृद्धि नभएकै कारण यति बेला बिरामी र बिरामीको आफन्त सिटामोल औषधिको खोजिमा भौंतारिइरहेका छन् । यता सरकार भने औषधि पर्याप्त मात्रामा छ बाहिर अनावश्यक हल्ला चलेको मात्र हो भनिरहेको छ ।

ज्वरो आउँदा चिकित्सकको परामर्शबिनै नागरिकले सीधै औषधि पसलबाट सिटामोल औषधि खरिद गर्ने भएकै कारण बजारमा अभाव भएको थाहा पाउनासाथ स्टक पनि खरिद गर्ने प्रचलनले पनि केहि स्थानमा सिटामोल आवश्यकताअनुसार नपाइएको नेपाल औषधि उत्पादन संघका उपाध्यक्ष सन्तोष बराल बताउनुहुन्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।