६ असार २०८१, बिहिबार | Fri Jun 21 2024


पाकिस्तानमा मनवीय संकटको चेतावनी


949
Shares

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाढीको चपेटामा परेको पाकिस्तानमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

डब्ल्युएचओले एक दशक यताकै ठूलो बाढीले पाकिस्तानमा सयौं घर बगाउनुका साथै सडकको खण्ड खण्ड भत्किएको भन्दै मानव संकट आउन सक्ने भन्दै बिश्वजगतको ध्यान केन्दिैत गरेको छ । बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको हुँदा हजारौंको जनजिवन अस्तब्यस्त बनेको छ ।

पाकिस्तानका अधिकांश भूभाग अझैपनि जलमग्न छन् । बाढीले अकल्पनीय संकट संगै मानविय संकट निम्त्याउने डब्ल्युएचओको भनाई छ । गत जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् ।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।

यस वर्षको कीर्तिमानी मनसुनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।