२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


कांग्रेस नेता लेखकद्वारा महाकाली कोरिडोरको स्थलगत अवलोकन


78
Shares

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली कोरिडोरको स्थलगत अवलोकन गर्नुभएको छ ।

सोमबार बैतडीमा पुग्नु भएका लेखकले बैतडीको तल्लो स्वराडमा पर्ने महाकाली कोरिडोर खण्डको अवलोकन गर्नुभएको हो ।

उहाँले पश्चेश्वरका बासिन्दासँग कोरिडोरका बिषयमा छलफलसमेत गर्नु भएको थियो ।

कञ्चनपुरको दोधरा चाँदनीबाट सुरू हुने महाकाली कोरिडोरले डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकरसम्म जोड्ने भएकाले यसको निर्माण सम्पन्न भएपछि आर्थिक अवस्थामा प्रगति हुने उहाँको भनाइ थियो ।

कञ्चनपुरदेखि दार्चुलाको टिंकरसम्म ४ सय १३ किलोमीटर दुरीको सडकको करिब ५७ किलोमिटर खण्ड बैतडी जिल्लामा पर्छ ।