१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023


एशिया कप क्रिकेटमा पाकिस्तानद्वारा भारत पराजित


3.016k
Shares

काठमाडौं । एशिया कप टि–२० क्रिकेट प्रतियोगितामा आइतबार राति पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेकाे छ ।

दुबईमा जारी प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले शानदार प्रदर्शन गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे थियाे । जसका लागि बिराट कोहलीले सर्वाधिक ६० रन बनाउँदा पाकिस्तानका शादाब खानले दुई विकेट लिएका हुन् ।

जवाफमा १ सय ८२ रनको लक्ष्य पाकिस्तानले खेलमा एक बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । पाकिस्तानको जितमा मोहोमद रिजवानको ७१ रन तथा मोहोमद नवाजको ४२ रन महत्वपूर्ण रहेकाे छ ।

जितसँगै पाकिस्तानले एशिया कप क्रिकेटको फाइनल पुग्ने सम्भावना बलियो बनाएकाे छ । सुपर फोरका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सुपर फोरमा भारत र पाकिस्तानसँगै श्रीलंका र अफ्गानिस्तान रहेका छन् ।