प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत


572
Shares

 काठमाडौं ।  प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो । उहाँले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो ।

उहाँले विधेयकले प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट शुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधि सभाको पहिलो बैठकबाट सकिने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले विधेयकले गरेको व्यवस्था संविधानले अगाडी सारेको सिद्धान्तलाई कार्यान्वयन गर्ने प्रयोजनले नै राखिएको स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताउनुभयो ।