Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


जबराबाट डिआइजी रञ्जन कोइरालाको फैसलामा क्षमायाचना

विवेक प्रयोग गर्दा फैसलामा गल्ति भएको जबराकाे दावी

3.5k
Shares

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।

समितिले आइतबार बिहान ११ बजेदेखि जबरासँग करिब २ घण्टा बयान लिएको हो । समिति सदस्यहरुले बयानलिने क्रममा डीआईजी रञ्जल कोइरालाको फैसलाबारे प्रश्न गरेका थिए । कोइरालाको फैसलामा जबराले क्षमायाचना गर्नुभएको छ ।

श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी रञ्जन कोइरालाको फैसलामा गल्ति भएको भन्दै उहाँले माफी माग्नुभएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ ।

न्यायाधीशले मिसिल हेरेर र विवेक प्रयोग गरेको उहाँले उल्लेख गर्नुभयो । नाबालकहरुको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउन दिइएको भन्दै उहाँले विवेक प्रयोग गरेकै आधारमा महाअभियोग लगाएको हो भने, जनता समक्ष क्षमा माग्दै आफूलाई प्रायश्चित भएको दावी गर्नुभयो ।

गत बुधबार र बिहीबार पनि निलम्बित प्रधानन्यायाधीश जबराले समितिमा बयान दिनुभएको थियो ।