
काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले विभिन्न कार्यक्रम गरी ७५ औं अर्थात हीरक वार्षिकोत्सव मनाएको छ ।
विद्यालयले विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी सहभागी गराई तीनदिने कार्यक्रम गरिरहेको छ । विद्यालयको हीरक महोत्सवगत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।
महोत्सव अन्तर्गत प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ ।
यसैगरी पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान गरिएको छ । शान्ति विद्या गृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो ।
प्रतिक्रिया दिनुहोस्