
काठमाडौं । जलवायु परिवर्तनको असर कम गर्न वातावरणमैत्री समाज निर्माण आवश्यक भएकोमा विज्ञहरुले जोड दिएका छन् ।
जलवायु परिवर्तन सम्बन्धी बौद्ध महिला संघ नेपालले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले जलवायु परिवर्तनले महिलाको जीवन धेरै प्रभावित भएको तथ्यांक प्रस्तुत गरे ।
त्यसैले जलवायु परिवर्तनको असर कम गर्न र वातावरण बचाउन महिलाको महत्वपूर्ण भूमिका हुनेमा उनीहरुले जोड दिए । नविकरणीय उर्जा प्रयोग गर्न जोड सहभागीहरुले फोहोर फाल्ने होइन फोहोर जम्मा गरेर मोहर कमाउन सकिन्छ भनेर जनचेतना जगाउन पर्ने बताए ।
मानवमा बढ्दै गएको लोभ, द्वैष र मोह जलवायु परिवर्तनको कारक भएकोले भगवान बुद्धले विश्व वातावरण संरक्षणमा दिएको शिक्षा अहिले झन सान्दर्भिक रहेको उनीहरुको ठहर छ ।
छलफलमा सामाजिक अभियन्ता एवं वातावरणविद् अनिल चित्रकार, भूषण तुलाधर, अमिता तुलाधर लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्