Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो, सहमति बनेन


2.4k
Shares

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ ।

बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो ।

निरन्तरको बैठकमा आआफ्ना अडान राख्दै आएका शीर्षनेता दलगत रूपमै एक कदम ‘ब्याक’ हुन तयार भएपछि भागबन्डाको प्रारम्भिक खाका बनेको बताइएको थियो । तर, सो खाकामा पनि जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम सहमत नदिएपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।

बालुवाटार उच्चस्रोतका अनुसार शीर्षतहमा बनेको सिट बाँडफाँट खाकामा कांग्रेस सय सिट दाबीबाट ‘ब्याक’ भएको छ । जसअनुसार कांग्रेसले ८५ सिट लिएर गठबन्धनका अन्य दलले ८० सिटभित्र बाँडफाँट गर्नेगरी खाका बनाइएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।