२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


बाह्रबिसे नजिकैको पक्की पुल बाढीले बगायो, बजारवासीको भागदौड मच्चियो


0
Shares

सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै खोर्सानीबारीमा रहेको पक्की पुल पूर्ण रुपमा बाढीले बगाएको छ ।

शनिबार आएको बाढी बजारमा पसेपछि बजार बगरमय बनेको छ ।

शुक्रबार केही क्षतिग्रस्त बनेको पुलमा सवारी साधन चलाउन रोक लगाइएको थियो तर शनिबारको बाढीले भने पुल पूर्णरुपले बगाएको छ ।

राती एकाएक बाढी बाह्रबिसे बजारमा पसेपछि बजारवासीको भागदौड मच्चिएको थियो ।

पुल बगाएसँगै बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आवतजावत ठप्प भएको छ ।

पुलको वैकल्पिक व्यवस्थाका लागि प्रयास भइरहेको बताइएको छ ।