
नुवाकोट । पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको गेर्खु खोलाको पुल भासिँदा सडक अबरुद्ध भएको छ ।
गेर्खु खोलाको पुल भासिएपछि नुवाकोटको त्रिशूली–बेत्रावती खण्ड ठप्प भएको हो ।
विदुर नगरपालिका वडा नम्बर १० स्थित गेर्खु खोलामा आएको बाढीले पुल भासिएको हो ।
पुलको दुवैतिरको सडकसमेत बाढीले बगाएको छ । बाढीले बगाएको सडक निर्माण गर्न केही दिन लाग्ने जनाइएको छ ।
सडक अवरुद्ध भएपछि केरुङबाट सामान लिएर आएका सवारी साधन बीच बाटोमै रोकिएका भने यात्रुवाहक सवारी साधन पनि अलपत्र परेका छन् ।
यस्तै विदुर नगरपालिका वडा नम्बर १० मा नै गेर्खु खोलाले सयौं रोपनी खेतीयोग्य जमीन कटान गरेको छ ।
खोला नजिकै रहेको खेतमा कटान हुँदा ४ वटा घरसमेत जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्