 
	    एजेन्सी । जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् ।
फ्र्याङफर्ट र विस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका हुन् । ४० किलोमिटरसम्मको बाटोमा साइकलसहित प्रदर्शनका क्रममा उनीहरूले मोटर र मोटरसाइकल समेतलाई प्रवेशमा रोक लगाएका छन् ।
साइकल लेनमा पनि जथाभावी रूपमा मोटर र मोटरसाइकलहरूले सवारी चलाउने गरेकाले आफूहरूको ज्यान जोखिममा परेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यातायात सेवा अवरुद्ध भएको छ ।
साइकल यात्रीहरूले भने आफूहरूको माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्