२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


शेयर बजारमा गिरावट जारी


494
Shares

काठमाडौं । शेयर बजार ओराला लाग्ने क्रम आज पनि थामिएन ।

शुक्रबार दुई घण्टा भएको कारोबारमा नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबार भने सवा अर्ब हाराहारीमा रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर २ हजार २२ मा आएर थामियो ।

जीवन बीमा समूह दोहोरो अंकले सकारात्मक रहेबाहेक अरु सबै समूह ओरालो लागे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ५७ अंकको गिरावट आउँदा बांकी पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको ३६ लाख बराबर कित्ता शेयर १ अर्ब २९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७२ कम्पनीको मूल्य घट्दा जम्मा १० कम्पनीको बढेको नेप्सेले जनाएको छ ।