५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


नियमनकारी निकाय फितलो बन्नाले सहकारीद्वारा सर्वसाधारण ठगिदैं

सहकारीको कालो कर्तुतले नागरिकको अरबौं पूँजी फस्दै

221
Shares

काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारी अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बा हो भन्ने कुरा संविधानले नै स्वीकारेको छ ।

बचत ऋण मात्र नभएर साना किसान लक्षित सहकारी, कृषि दुध लगायतका विभिन्न किसिमका सहकारी छन् । तर अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारीका अग्रपंक्तिमा रहेका सहकारी समस्याग्रस्त मात्र छैनन् थला पर्दै गएका छन् । अझ कतिपय सहकारीको कालो कर्तुतले नागरिकको अरबौं पूँजी फस्दै गएको छ ।

सहकारी संस्थाले रोजगारी सिर्जना गर्ने र उत्पादनमूलक कार्यका लागि साना किसान वा नागरिकलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने काम गर्नुपर्ने हो । तर पछिल्लो समय लगानी गर्नेभन्दा मिटर व्याजीकै रुपमा लगानी गरेर व्याज असुल्ने देखि लिएर घरबारविहिन बनाएका घटना छताछुल्ल भएका छन् ।

अवैधानिक ढंगले सञ्चालन गरेको सहकारीले कति सर्वसाधारण ठगेकोछ । यसको लेखाजोखा त छैन नै वैधानिक ढंगले सञ्चालित सहकारीले समेत नक्कली कागजपत्रमा हस्ताक्षर गर्न लगाएर समेत ठगेको पीडितको गुनासो छ । सहकारी मन्त्रालयबाटै तोक लगाएको फाइल समेत सहकारी विभागबाट दुई दुई पटक हराउदा नियमनकारी निकायबाटै आश मरेको पीडित पृथ्वी श्रेष्ठको दुखेसो छ ।

हाल मुलुकमा ३० हजार माथि सहकारी रहेका छन् । गत आर्थिक बर्षमा ३ सयमाथि उजूरी परेको छ । पछिल्लो २ देखि ३ दिनमा एकैदिनमा १२ सयमाथि उजुरी परेका घटना छन् । तर केही सहकारीमा समस्या भएपनि बढी व्याख्या विश्लेषण धेरै भएको सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय बताउँनुहुन्छ ।

सहकारी विभागले आफ्नो अधिकार भित्रका उजुरी परेकालाई तत्काल समस्या समाधान गर्ने र बाँकीलाई सम्बन्धित निकायमा पठाउने गरेको छ । यस्तो अवस्थामा सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने र नियमनकारी निकायले कस्नुपर्ने स्थिति छ ।