२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


उदाहरणीय दम्पती सम्मानित


0
Shares

महोत्तरी, भदौ २ । तीन दशकअघि एकल महिलासँग विवाह गरी समाजमा उदाहरणीय काम गरेका एक दम्पतीलाई महोत्तरीमा सम्मान गरिएको छ ।

सहिद प्रतिभा प्रतिष्ठान महोत्तरीले गौशाला नगरपालिका–२ का मन्नुप्रसाद अधिकारी तथा अमृताकुमारी अधिकारीलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

एम्नेष्टी इन्टरनेसनल नेपालका राष्ट्रिय अध्यक्ष राजन कुईकेल र पूर्वयुवा तथा खेलकुदमन्त्री गणेश नेपालीले उनीहरुलाई संयुक्तरुपमा सम्मान गरे ।

अध्यक्ष कुइँकेलले समाज सुधारका लागि यो जोडीले साहसिक काम गरेको भन्दैै समाजका विकृति र विसंस्कृति हटाउन सबैले पहल गर्नुपर्ने बताए ।