Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


दलित युवाको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन


0
Shares

काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल दलित विद्यार्थी संघले अगुवाईमा मंगलबार दिउँसो माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

अन्तरजातीय विवाहको विषयमा भएको विवादमा गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित तीन जनाको मृत्यु भएको थियो भने भेरी नदीमा फालहालेका अरु तीन जना अझै वेपत्ता छन् ।

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका नवराजसहितका युवालाई केटी पक्षका गाउँलेले आक्रमण गरेका थिए । घटनमा संलग्नलाई कार्वाही गर्न संसदमा पनि आवाज उठेको छ भने सरकारले छानबीन समिति नै बनाएको छ ।