
काठमाडौं, भदौ २ । बलात्कारीलाई कडा सजाय हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।
पेटीकोट लगाएर प्रदर्शन गर्ने युवतीहरुलाई तेस्रोलिंगी साथै पुरुषहरुलेसमेत साथ दिएका थिए ।
प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेर केहीलाई पक्राउ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
प्रहरीले महिला अधिकारकर्मीहरु सावित्री सुवेदी, रिया भण्डारी र तेस्रोलिंगी सन्ध्या लामालाई पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले लछारपछारसमेत गरेको थियो ।
बलात्कारका घटना शृंखलाबद्धरुपमा भइरहेको अवस्थामा राज्यप्रशासन दोषीलाई कारबाही गर्न असफल भएको भन्दै विभिन्न महिला संगठनका अधिकारकर्मीहरुले चरणवद्ध विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्