Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


बैंक अफ काठमाण्डूका ग्राहकलाई चिकेन स्टेसनमा १२ प्रतिशत छुट


221
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२प्रतिशत छुट भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।