२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


जिल्ला प्रशासन कार्यालय दाङ अब सातै दिन खुला


0
Shares

विवेक खड्का (इमेज)

दाङ, भदौ २ । जिल्ला प्रशासन कार्यालय दाङ शनिबारदेखि सातै दिन खुल्ने भएको छ ।

नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयबाट दिने गरेको सबै सेवा शनिबार पनि दिइने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

शनिबारको पहिलो सेवाग्राहीकारुपमा घोराही उपमहानगरपालिका वडा नम्बर–४ की सपना बैजालीमगरले प्रशासन कार्यालयबाट नागरिकता लिएकी छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मगरलाई नागरिकता प्रदान गरेका हुन् ।

शनिबारको दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सन्चालन हुने बताइएको छ ।

योसँगै शुक्रबार सेवा लिन नसकेका व्यक्तिहरुले आइतबारसम्म कुर्नुपर्ने झन्झटबाट अब मुक्ति पाउने भएका छन् ।

स्थानीय प्रशासनको निर्णयलाई आमसर्वसाधारणले स्वागत गरेका छन् ।