काठमाडौं, भदौ २ । काठमाडौंको कीर्तिपुरस्थित नगरमन्डप श्रीकीर्ति विहारमा ९ जना बालिकाहरुलाई ‘अनागरिका प्रबज्या’ गरिएको छ ।
हुम्लाबाट ल्याइएका बालिकाहरुलाई शनिबार विहारमा आयोजित समारोहमा धर्मगुरुहरुले विशेष अनुष्ठानका साथ उनीहरुलाई अनागरिका प्रबज्या गरिदिएका हुन् ।
गुरुमाहरुले बालिकाहरुलाई कपाल मुन्डन गरी वस्त्र परिवर्तन गरिदिएका थिए ।
त्यसअवसरमा उपस्थित सयौं भक्तजनहरुले अनागरिका प्रबज्या गरिएका बालिकाहरुलाई वस्त्र, अन्न र द्रव्य दान गरेका थिए ।
हुम्लाबाट ती बालिकाहरुलाई काठमाडौंसम्म ल्याउन नेपालका लागि थाइल्यान्डका राजदूत भकाभत तानस्कूलले सहयोग गरेका थिए ।
कार्यक्रममा राजदूत तानस्कूलको पनि सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्