२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध, खुल्न अझै एक साता लाग्ने


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, भदौ २ । मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध भएको छ ।

कालीगन्डकी र थापलाङ खोलामा आएको बाढीले कटान र ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएसँगै मुस्ताङ आउने पर्यटक र यात्री समस्यामा परेका छन् ।

सडक सुचारु हुन करिब एक साता लाग्ने भएकाले केही समय यात्रा नगर्न प्रशासनले यात्रीलाई अनुरोध गरेको छ ।

बाढीले म्याग्दी र मुस्ताङको सिमाना घाँसा, थापलाङखोलानजिकका बस्तीहरु पनि जोखिममा रहेको बताइएको छ ।