Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


प्रहरीद्वारा पिकअप गाडी नियन्त्रण !


3.6k
Shares

झापा । झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा पुलबाट प्रहरीले .६ लाख भन्दा बढी मूल्यको सामानसहित पिकअफ गाडी नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेको आरोपमा प्रहरीले मोरङबाट झापातर्फ आउँदै गरेको मे.१ च.६७९० नम्बरको पिकअप गाडीसहित १६ बोरा चिनीलगायत विभिन्न दैनिक उपभोग्य सामग्रीसहित गाडी चालक दमक–७ का ४१ वर्षीय नारायण बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सामग्री र सवारीसाधनलाई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।