५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दामाथि हुँदैन : भीम रावल « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दामाथि हुँदैन : भीम रावल


754
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नाग्ीरकलाई नागरिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो । उहाँले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप लगाउनुभयो ।

सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको ? भन्दै प्रश्न गर्नुभयो ।