१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आमचुनावपछि कम्युनिष्ट एकीकरण सुरू हुने प्रचण्डको जिकीर


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरू भएको बताउनुभएको छ ।

बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले समाजवादी विचारलाई सफल बनाउन बाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरू भएको बताउनु भएको हो ।

अहिले भईरहेका सकारात्मक समाचारले मात्रै नपुग्ने भन्दै उहाँले चुनावपछि कम्युनिष्ट एकीकरण र ध्रुबीकरण सुरू हुने बताउनुभयो ।

माओवादी पार्टीमा ठूलो विचलन आएको स्वीकार्दै प्रचण्डले अहिले पनि क्रान्तिकारी पार्टी बन्ने सम्भावना रहेको बताउनुभयो ।