
काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीज मेला लाग्न सुरु भएको छ ।
तीजको अवसरमा लाग्ने मेलाहरुमा महिलाको बढी सहभागिता हुने गरेको छ ।
महिलाहरुलाई नै लक्षित गरी एक्जरटिका ग्रुपले काठमाडौंको भाटभटेनीस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको तीज मेलामा हाम्रो टोली पुग्दा पूर्वरानी कोमल शाह पनि सहभागी भइन् ।
मेलामा पुगेकी पूर्वरानी शाहले तीजका सामग्रीहरु खरिदसमेत गरिन् ।
महिलाहरुले नै बनाएका अधिकांश सामग्री राखिएको मेलामा पूर्वराजपरिवारका अन्य सदस्यहरु पनि सहभागी भएका थिए ।
मेलाको अवलोकनपछि पूर्वरानी कोमलले महिलाहरुको पर्व तीजलाई लक्षित गरी आयोजना गरिएको भेला राम्रो भएको प्रतिक्रिया दिइन् ।
मेलामा ७५ वटा स्टल रखिएको छ । मेला आयोजकका सदस्य अदिती सिंहले तीजको पूर्वसन्ध्यामा दिदीबहिनीहरु दर खानमा ब्यस्त रहने भएकाले केही पहिले नै मेला आयोजना गरिएको बताइन् । मेला भोलिसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्