
तस्विर : फाइल
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ ठाडेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
बुधबार राति विद्युत सर्ट भएर लागेको आगोले स्थानीय डम्बरबहादुर मगरको चार तले कच्ची घर जलेर नष्ट भएको हो ।
आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति १० बजेबाट सुरु भएको आगलागी राति १ बजेमात्रै नियन्त्रणमा आएको थियो ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाको २ वटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट भाडाकुडा, लत्ताकपडा, गरगहना लगायतका वस्तु जलेर नष्ट भएको सिद्धिचरण नगरपालिका– ६ वडाध्यक्ष मेखबहादुर मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्