बेलायतद्वारा कोरोनाको ओमिक्रोन भेरियन्टविरुद्धको खोपलाई मान्यता « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


बेलायतद्वारा कोरोनाको ओमिक्रोन भेरियन्टविरुद्धको खोपलाई मान्यता


104
Shares

काठमाडौं । बेलायतले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टविरुद्ध प्रयोग गर्न बनाइएको खोपलाई मानयता दिएको छ । पछिल्लो भेरियन्टविरुद्ध बनेको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो ।

मोर्डना कम्पनीले उत्पादन गरेको यो खोपलाई बुस्टर डोजको रूपमा प्रयोग गरिने बीबीसीले जनाएको छ । निर्माता कम्पनीले यसैवर्ष २ करोड ९० लाख डोज निर्यात गर्नसक्ने बताएको छ ।

खोप कतिवर्षमा मानिसले लगाउनसक्ने भन्नेबारेमा कम्पनीले अहिले नै केही बताएको छैन ।

बेलायतमा ५० वर्षभन्दा माथिका व्यक्ति र जोखिम समूहका मानिसहरूलाई सेप्टेम्बरदेखि यसको बुस्टर डोज लगाइको समाचारमा उल्लेख छ ।

यसअघि बनेका कोरोनाको खोप चीनको वुहानबाट निस्किएको भाइरसको पहिलो भेरियन्टसँग लड्ने क्षमता थियो । समयसँगै कोरोनाको नयाँ भेरियन्ट थपिएसँगै पुरानो खोपको प्रभावकारिताक कम हुँदै गयो ।

कोरोनाो नयाँ खोप नयाँ भेरियन्टविरुद्ध लड्नको लागि तयार गरिएको हो ।