
काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने भएको हो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्ने छ ।
यस्तै, नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुने छ ।
प्रतिक्रिया दिनुहोस्