१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


काठमाडौंका खोलामा जलस्तर बढ्यो


221
Shares

काठमाडौं । शनिबार रातिको भिषण वर्षाले काठमाडौं उपत्यकाका खोला तथा नदीहरुमा जलस्तर बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान ५ बजे जारी गरेको सूचना अनुुसार सबै नदीमा जलसतह बढ्दो छ । मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएपछि नदीमा जलस्तर बढेको हो ।

काठमाडौंमा पानी पर्न रोकिए पनि अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

देशका गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।