
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।
समूहको शनिबार छुट्टै भेला गरेर सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको निष्कर्ष निकालेको हो ।
पार्टीको भागमा पर्ने सिटको ४० प्रतिशत सिट आफ्नो समूहलाई दिनुपर्ने उनीहरूको माग छ ।
बैठकपछि नेता गुरुराज घिमिरेले ८ महिनामा भएका दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि नसमेटेको बताउनुभयो ।
उहाँले राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह नगरेकाले अब भने भागबण्डा खोज्नुपर्ने अवस्था आएको बताउनुभयो ।
पार्टीमा न्यायोचित निर्णय नहुने भएपछि भागवण्डाको विकल्प नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्