 
	    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार राति भने देशका पहाडी भू-भागमा सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेश, प्रदेश-१, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्