विश्वकप फुटबलको खेल तालिका परिवर्तन, उद्घाटन खेलमा कतार इक्वेडर भिड्ने « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


विश्वकप फुटबलको खेल तालिका परिवर्तन, उद्घाटन खेलमा कतार इक्वेडर भिड्ने


1.716k
Shares

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ ।

खेल आगामी नोभेम्बर २० मा उद्घाटन हुने छ । जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ ।

यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ ।

आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ ।

उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिबाट गृहकार्य सुरु गरेको थियो । कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।

कतार विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ ।