
काठमाडौं, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि लागू भएको मुलुकी संहिता ऐन आवश्यकताअनुसार संशोधन र परिमार्जन गर्नसकिने बताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार राजधानीमा गरेको विशेष कार्यक्रममा उनले यस ऐनमा कमी–कमजोरीहरु भए समयअनुसार परिमार्जन र संशोधन गर्नसकिने बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालमा केही मान्यताहरु बद्लिएकाले पुरानो मुलुकी ऐनलाई संशोधन गर्ने काम सुरु भएको बताए ।
कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नयाँ मुलुकी ऐन इमान्दारीका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्