२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


शीर्ष नेतालाई अन्तिम अवसर : ‘लाष्ट इनिङ’ मा प्रधानमन्त्रीको चाहना


1.495k
Shares

काठमाडौं । पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । शान्तिप्रक्रियामा आइसकेपछि उनले चालेका ‘दाउ’ हरूले लगभग सबैजसो सरकार फेरबदलमा भूमिका खेलेका छन् ।

आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर उनले पटकपटक सरकार बनाएका छन्, भत्काएका छन् ।

यिनै दाहालले गत साता एउटा कार्यक्रममा आगामी प्रतिनिधि सभा निर्वाचन आफ्ना लागि ‘अन्तिम इनिङ’ रहेको अभिव्यक्ति दिए ।

पाटीकै एक कार्यक्रममा बोल्दै उनले यसपटकको निर्वाचनमा माओवादी केन्द्रलाई देशको ‘दोस्रो’ र कम्युनिस्टतर्फको ‘पहिलो’ पार्टी बनाउने दाबी गरे ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।