Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत


18k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताउनुभएको छ ।

सांसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उहाँले यसो भन्नु भएको हो ।

विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नहुन्न भन्दै शीतल निवासमा दिनहुँजस्तो नागरिक समाजका तर्फबाट टोलीहरु पुगिरहेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय पुगेका नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भन्नुभयो, ‘राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।