Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पश्चिम सेती जलविद्युत निर्माणका लागि लगानी बोर्डले एनएचपीसीसँग सम्झौता गर्ने


260
Shares

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताउनुभयो । उहाँले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रिपरिषदबाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिनुभयो ।

त्यस्तै, बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ ।

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्व्ीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताउनुभयो ।