सरकारले आदिवासी र जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको छ : प्रधानमन्त्री देउवा « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


सरकारले आदिवासी र जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको छ : प्रधानमन्त्री देउवा


52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको बताउनुभएको छ ।

२८औं विश्व आदिवासी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार जनजातिको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार क्रियाशील रहेको बताउनुभयो ।

उहाँले आदिवासी, जनजातिको पहिचान, उनीहरूको भाषा, कला र संस्कृतिको संरक्षण गर्न आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने विषयलाई आत्मसात गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै आदिवासी, जनजातिहरुको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले काग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजाति अटाउन नसक्ने जिकिर गर्नुभयो ।

महामन्त्री थापाले कांग्रेसले जनजातिको पहिचान मेटिन नदिन संविधान निर्माणताका नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।