अध्यक्ष ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


अध्यक्ष ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण


25.857k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको सो हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उहाँका सहयोगी सवार थिए । मौसम सुधार नभएपछि अध्यक्ष ओली आधा घण्टापछि स्थालमार्ग हुँदै रौतहट जानुभएको छ ।