नेपाल-खनाल खटपट « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


नेपाल-खनाल खटपट


429
Shares

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस ) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ ।

स्थानीय तह निर्वाचनदेखि दुई नेताबीच खटपट सुरु भएको हो । अध्यक्ष नेपालसँग खटपट भएका बेला स्वास्थ्य मन्त्रालयबाट खरिद स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको विषयमा नेता खनालले दुई मन्त्रीलाई आफ्नै निवासमा बोलाएर जानकारी लिएका छन् ।

खनालले स्वास्थ्यमन्त्री भवानी खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीलाई आइतबार बिहान आफ्नै निवासमा बोलाएर स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको खबर आइरहेको र यसले पार्टीलाई समेत बदनाम गराउन सक्ने भन्दै चासो राखेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।