
काठमाडौं । आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र ‘सिट’ बाँडफाँडको हिसाबकिताब सुरु भएको छ ।
गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले ४ मंसिरमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैदिन एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । मिति घोषणा भएको भोलिपल्ट शुक्रबार नै बसेको सत्ता गठबन्धनको आवद्ध पाँच दलको बैठकले गठबन्धनभित्र सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदलले औपचारिक रुपमा सिट बाँडफाँडको कसरत नगरेपनि गठबन्धनभित्रका प्रमुख दलले आन्तरिक हिसाबकिताब अगाडि बढाइसकेका छन् ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको आगामी निर्वाचनमा ६०/४० को प्रस्ताव अघि बढाउने तयारी छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्