Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


ऐक्ट ईस्ट नीतिमा फिलिपिन्सको महत्वपूर्ण भूमिका: भारतीय प्रधानमन्त्री मोदी


91
Shares

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सले भारतको ऐक्ट ईस्ट नीति र यसको इन्डो-प्यासिफिक भिजनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ ।

उहाँले शुक्रबार फोन संवादका क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँग यस्ताे बताउनुभएकाे हाे ।प्रधानमन्त्री नरेन्द्र मोदीले फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा हालैको चुनावमा फर्डिनान्ड मार्कोस जुनियर विजयी भएकाेमा उहाँलाई बधाई समेत दिनुभएकाे छ । साथै फिलिपिन्सको विकासकाे लागि उहाँले योजना र परियोजनाहरूमा भारतको पूर्ण समर्थन रहने आश्वासन समेत दिनुभयो।

प्रधानमन्त्रीको कार्यालय (पीएमओ) का अनुसार, प्रधानमन्त्री मोदीले भारतको ऐक्ट ईस्ट नीति र यसको इन्डो-प्यासिफिक भिजनमा फिलिपिन्सले खेल्ने महत्त्वपूर्ण भूमिकालाई दोहोर्याए र द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने इच्छा व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री मोदीले र फिलिपिन्सका राष्ट्रपति जुनियरबीच विभिन्न क्षेत्रहरूको समीक्षा र पछिल्ला वर्षहरूमा दुई देशबीचको सहयोगको द्रुत वृद्धिमा सन्तुष्टि व्यक्त गरेकाे इन्डिया न्यूज नेटवर्कले जनाएकाे छ ।

Skip This