२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे जापान


637
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नु भएको छ ।

पाँचदिने भ्रमणका लागि जापान जानुभएका अध्यक्ष प्रचण्ड केही समयअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नु भएको हो । यसका साथै उहाँलाई जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपालीले भव्य स्वागत गरेका छन् ।

प्रचण्ड साउन २१ गतेदेखि २५ गतेसम्म जापान भ्रमणमा रहने उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्डको सचिवालयका अनुसार उहाँ साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।