२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता


1.443k
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका शीर्ष नेताहरुको बैठकले मिलेरै अघि बढ्ने निर्णय गरेका हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले आंशिक रूपमा मात्र चुनावी तालमेल गरेका थिए । तर आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै सिटमा चुनावी तालमेल गर्दै अघि बढ्ने निर्णयमा पुगेका उनीहरुले त्यसका लागि ११ सदस्यीय कार्यदल गठन गरेका छन् ।

स्थानीय तहमा पाएको मत, नेताहरुको लोकप्रियतासहित विभिन्न पक्षलाई ख्याल गर्दै कार्यदलले साउन मसान्तभित्र चुनावी तालमेलको प्रस्ताव गर्ने र गठबन्धनका शीर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाउने समझदारी बनेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।