मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण


273
Shares

काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत हप्ता रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् ।

यस्तै गरी गत असार १८ गते डिलरहरुले पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए।उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो ।

अवलोकन कार्यक्रममा प्रबन्ध निर्देशक चुरिवालले उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै डिलरहरु भएका बताउनु भयो । उहाँले अवलोकन भ्रमणले भविष्यमा पनि यस्तो कार्यक्रम गर्न झन् हौसला मिलेको उल्लेख गर्नुभयो ।