विराटनगर भन्सारबाट ४० करोड ७७ लाख रुपैयाँ राजश्व संकलन « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


विराटनगर भन्सारबाट ४० करोड ७७ लाख रुपैयाँ राजश्व संकलन


26
Shares

काठमाडौं । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजश्व संकलन गरेको छ ।

४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले सो अवधिमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको हो ।

कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले संकलित राजश्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख ६ हजार, मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तः शुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट एक अर्ब ९७ करोड छ लाख १६ हजार राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले कूल ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो ।

सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजश्व संकलन गर्ने लक्ष्य थियो ।