Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


कोसीका बाढीपीडितलाई प्रदेश १ सरकारले पठायो राहत सामग्री


52
Shares

काठमाडौं । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको जनाएको छ । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको वस्तीमा प्रवेश गर्दा १५ सय घरपरिवार विस्थापित भएका छन् ।

विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाएको मन्त्री केदार कार्कीले जानकारी दिनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीसहित उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधि हिजो घटनास्थलमा पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपद्मा फसेकाहरूलाई उद्धार गराएका थिए ।

२०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए । कोसी नदी पूरानै धारमा फर्किएर उक्त मानव वस्तीमा प्रवेश गरेको हो ।

Skip This