Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


हेटौंडामा तीनपाङग्रे सवारी साधनमा हरियो स्टिकर


1.1k
Shares

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तीनपाङग्रे सवारी साधनमा स्टिकर टाँस गरिएको छ ।

बिहीबार जिल्ला ट्राफिक कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनपाङग्रे सवारी साधन अटो, ईरिक्सा मयुरिहरुमा स्टिकर टाँस गरिएको हो ।

हेटौंडा उपमहानगरले नगरभित्र सञ्चालित अटो मयुरिहरुको व्यवस्थापन कार्यक्रम अन्तर्गत स्टिकर टाँस गरिएको हो । उपमहानगरकी मेयर मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य, उपमेयर राजेश बानियाँ, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले सम्पूर्ण कागजात पूरा भएका अटो मयुरिमा हरियो कलरको स्टिकर टाँस्नुभएको थियो ।

साघुँरो सडक अस्तव्यस्त पार्किङ र बढ्दो तीनपाङग्रे सवारी साधन रहेकाले हेटौंडामा चाप बढेकाले सवारी साधन अनुमति पत्र, दर्ता नविकरण, सडक परमिट लगायत विभिन्न तोकिएको नियममा पास हुनेलाई मात्र स्टिकर टाँस गरिएको थियो ।