
काठमाडौं । काठमाडौं महानगरपालिकासहित देशका १ सय ४७ स्थानीय तहले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी नगराएको पाइएको छ ।
नयाँ बजेट कार्यान्वयन भएको दुई साता बितिसक्दा पनि त्यसबारे विवरण नपठाएपछि पछिल्लो पटक मन्त्रालयले बजेट वितरण मन्त्रालयको अनलाइन पोर्टलमा प्रविष्ट गर्न तीन दिनको समय दिएको छ ।
मन्त्रालयले बजेट पठाउन आदेश दिएको यो तेस्रोपटक हो । मन्त्रालयको स्थानीय तहको समन्वय शाखाले असार ७ गते बजेटको विवरण बुझाउन देशभरका स्थानीय तहलाई पहिलो पटक पत्राचार गरेको थियो । त्यसको करिब एक सातापछि बजेटको विवरण बुझाउन मन्त्रालयले फेरि पत्राचार गरेको थियो ।
यसरी मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि ती स्थानीय तहले तोकिएको समयमा बजेट पारित भएको वा नभएको विषयमा सामान्य जानकारी समेत नदिएका हुन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्