वाणिज्य बैैंकहरुको निक्षेप र कर्जा घट्यो « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


वाणिज्य बैैंकहरुको निक्षेप र कर्जा घट्यो


1.131k
Shares

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्सले जारी गरेको विवरणमा चालु वर्षको १३ दिनमा ४४ खर्ब ५० अर्ब निक्षेप संकलन भएको जानकारी दिएको छ ।

त्यसको एकसाता अघि साउन ६ गते बैंकमा निक्षेप ४४ खर्ब ७८ अर्ब थियो । यो विवरण हेर्दा वाणिज्य बैंकहरुमा एक सातामा २८ अर्ब रकम घटेको छ ।

आर्थिक वर्ष २०७८/०८९ को अन्त्यमा ४५ खर्ब ४१ अर्ब रहेको निक्षेप रहेको थियो । यसैगरी बैंकहरुले लगानी गर्ने रकममा पनि लगातार ओरालो लागिरहेको छ । जम्मा ४१ खर्ब ७५ अर्ब लगानी गरेर बिदा भएको आर्थिक वर्ष २०७८/०७९ नयाँ आर्थिक वर्ष २०७९/०८० सुरु भएको दुई सातामै ११ अर्बले घटेको छ ।

एक साता अघि ४१ खर्ब ६५ अर्ब रहेको कर्जा लगानी एक सातामा ४१ खर्ब ६४ अर्बमा झरेको छ । सामान्य तया निक्षेपमा कमी आउँदा कर्जा लगानी वृद्धि हुने गर्दछ । तर निक्षेप कर्जा दुबैमा कमी आउनुले बैकिङ्ग प्रणालीबाट रकम अन्यत्र गइरहेको आशंका बढेको छ ।